काठमाडौँ – नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई दुई थरी शुल्क तोकेको छ । एमालेको बिहीबार बसेको सचिवालय बैठकले प्रतिनिधि बन्नेलाई पदेन प्रतिनिधिका लागि ३ हजार र निर्वाचित प्रतिनिधिका लागि २ हजार शुल्क तोकेको हो ।
सचिवालय बैठकले एमाले महाधिवेशन प्रतिनिधि छनोट सम्बन्धी प्रस्ताव समेत संशोधन गरेको छ । जसअन्तर्गत आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष सङ्ख्या पचास प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन हुनेछन् ।
कसको नेतृत्वमा कुन समिति ? पिडियफमा क्लिक गरेर हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्





















