काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्ने मनस्थिती बनाइसकेको बताएका हुन्।
यसअघि सञ्चारमाध्यममार्फत अध्यक्ष पदमा उठ्ने बताउँदै आएका पोखरेलले पहिलो पटक पार्टी बैठकमा मुख खोलेका हुन्। पदाधिकारीका अनुसार बैठकमा अध्यक्ष केपी ओलीले समेत आफू पछि नहट्ने बताएका छन् ।
बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति, कार्यशैलीका कारण संकट गहिरिँदै गएकाले यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको बताए।
‘यो जटिल परिस्थिती, यो गम्भीर परिस्थिती, यो संकटमा नयाँ ढंगले पार्टीलाई पुनर्गठन गरेर पोखरेलको भनाई छ। बैठकमा अध्यक्ष ९ओली ले पनि नछोड्ने बताएका छन् भने पोखरेलले पनि आफू उठ्ने तयारीमा भएको जानकारी दिनुभयो ।
पदाधिकारीका अनुसार पोखरेलले अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेपछि ओलीले भने सकभर मिलेर र एकमना एकताका साथ जान आग्रह गरेका थिए। तर, पोखरेल पछि नहट्ने अडान राखेपछि ओलीले भने स्वस्थ प्रतिस्पर्धा हुने बताएका हुन्।























