images
images
  • माइक्रोबस दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर

    काठमाडौँ- धनकुटाको पाख्रिबास नगरपालिका–५ भैंसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    शुक्रबार बिहान करिब ६ः३० बजे काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी माइक्रोबस अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार घाइते यात्रुलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी विभिन्न सवारी साधनमार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ ।

    घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनोस्थल पाख्रिबास बजारबाट झण्डै १९ किलोमिटर उत्तरपूर्व तर्फ पर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images