images
images
  • के हो मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको घटना ?

    काठमाडौँ – जेन–जी अभियन्ता मिराज ढुंगानाले बुधबार साँझ आफ्नो कार्यालयमा आक्रमण भएको बताएका छन् । बिहीबार बिहानै ढुंगानाले सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट लेख्दै साँझ ६ बजेतिर आफूहरुको कार्यालयमा आक्रमण भएको बताएका हुन् ।

    अज्ञात समूहले आक्रमण गरे र त्यहाँ रहेका महिला सदस्यहरुमाथि दुर्व्यवहारसमेत भएको उनको भनाइ छ । उनले लेखेका छन्, ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो । हाम्रा महिला साथीसँग दुर्व्यवहार र हातपात समेत भयो। आखिर हामीलाई के गर्न खोजिएको होर ?।’

    घटनाबारे विस्तृत विवरण र आक्रमणकारीहरूको पहिचान खुल्न बाँकी रहेकाले कार्यालय पक्षले सुरक्षा निकायसँग आवश्यक कारबाहीको माग गरेको जनाएको छ।

    मिराजले कार्यालयमा आक्रमण भएको भने पनि प्रहरीका अनुसार भने त्यस्तो खालको कुनै आक्रमणको उजुरी परेको छैन । प्रहरीका अनुसार बुधबार साँझ पाँच बजेतिर मिराजको कार्यालयबाट जगत नाम गरेका व्यक्तिले कार्यालयमा सुरक्षा चाहिने भयो भन्दै फोन गरेका थिए ।

    कार्यालयमा विवादको अवस्था रहेको र सुरक्षा चुनौती बढेको भन्दै फोन गरेपछि प्रहरी खटाएको जनाइएको छ । प्रहरीका अनुसार त्यहाँ पुगेपछि अवस्था सामान्य थियो । सामान्य विवाद हो, हामी आफैं मिलाउँछौं भनेर प्रहरीलाई फर्काइयो ।

    सामाजिक सञ्जाल फेसबूकमा आक्रमण भएको भनेपनि अहिलेसम्म मौखिक वा लिखित कुनै प्रकारको निवेदन नपरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images