images
images
  • जेनजी प्रदर्शनमा लुटिएका कति हतियार र कैदीबन्दी फिर्ता ?

    काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रदर्शन क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी फिर्ता सम्बन्धमा दलहरूलाई जानकारी दिएकी छन् ।

    सरकारको काम कारबाही र आसन्न निर्वाचनबारे बुधबार प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग संवाद गरेकी थिइन्। संवादका क्रममा उनले हालसम्म फिर्ता भएका हतियार र जेलबाट भागेका कैदी बन्दीलाई पुनः नियन्त्रणमा भएको प्रगतीबारे जानकारी गराएकी हुन्।

    उनका अनुसार लुटिएकामध्ये ८२१ हतियार फिर्ता भइसकेको छ । साथै ७ हजार कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिइएको छ ।

    भदौ २४ गते जेनजी प्रदर्शन क्रममा देशभरिका जेल तथा सुधार गृहबाट १४ हजार ५५५ कैदी फरार भएका थिए। त्यतिबेला प्रहरीको १ हजार २ सय थान हतियार लुटिएको थियो।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images