images
images
  • सभापति देउवालाई महामन्त्री शर्माको चेतावनी– ‘मागप्रति बेवास्ता गरे राजीनामा दिन्छु’

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर विधानअनुसार माग गरिएको विशेष महाधिवेशनलाई बेवास्ता गर्न नसकिने स्पष्ट बताएका छन् ।

    उनले विशेष महाधिवेशन सम्बोधन नगरी पार्टीले अन्य निर्णय गरे आफू महामन्त्री पदबाट राजीनामा गर्ने चेतावनी पनि दिए ।

    सिङ्गापुरबाट फर्केका देउवालाई आइतबार भेटेका शर्माले करिब डेढ घण्टा छलफल गर्दै विशेष महाधिवेशनको माग पूर्ण रूपमा विधिसम्मत भएकाले त्यसलाई अनदेखा गर्नु गलत हुने धारणा राखे ।

    भेटपछि उनले हात्तिसारस्थित एक रेष्टुरेन्टमा सीमित नेतासँग आफ्नो विचार पनि साझा गरे ।

    शर्माका अनुसार कांग्रेसले संविधानविपरीत गरिएको संसद् विघटनको विरोध गरेको जस्तै पार्टीभित्र पनि विधानविपरीत कुनै निर्णय लिन मिल्दैन ।

    ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको लिखित माग बुझाइसकेकाले विधानअनुसार तीन महिनाभित्र पुस २८ अगाडि महाधिवेशन बोलाउनुपर्ने उनले देउवालाई स्मरण गराए ।

    महामन्त्री गगन थापा र शर्मा दुवैले पुस १६–१९ मा नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनमै जानुपर्ने अडान लिएका छन् ।

    थापाले मंसिर २७ गते विशेष महाधिवेशन गर्न सकिने प्रस्ताव समेत केन्द्रीय समितिमा राखेका छन् ।

    तर, संस्थापन पक्ष चुनावअघि महाधिवेशन गर्ने तयारी नहुँदा सहमति जुट्न सकेको छैन ।

    भित्र्याएको विवाद समाधानका लागि देउवा उपचारबाट फर्किएलगत्तै नेताहरूसँग निरन्तर परामर्श गरिरहेका छन् ।

    शनिबार उनले आफ्ना निकट चार नेतालाई बोलाएर छलफल गरेका थिए भने आइतबार महामन्त्री शर्मासँग विस्तृत कुराकानी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images