images
images
  • दिल्लीमा नेपाल र भारतीय सेनाको बैठक

    काठमाडौं– सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको नवौँ समन्वयात्मक बैठक २६–२८ कात्तिकमा नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

    बैठकमा सीमा अपराध, लागुऔषध ओसारपसार, अवैध आवतजावत, चोरी–निकासी तथा पैठारी नियन्त्रण, सूचना–तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र समग्र सीमा सुरक्षाको प्रभावकारी समन्वयबारे विस्तृत छलफल गरिएको थियो ।

    साथै, २०८१ मंसिरमा काठमाडौंमा सम्पन्न आठौँ बैठकका एजेन्डाहरूको प्रगतिबारे समीक्षा पनि भयो ।

    दुवै पक्षले बैठकबाट पारित साझा धारणा कार्यान्वयनलाई प्रभावकारी बनाउने र आगामी रणनीतिहरूसम्बन्धी विषयमा सहमति जनाए ।

    बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले र भारतीय पक्षको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका थिए ।

    महानिरीक्षक अर्यालसँगै एआईजी गणेशबहादुर ठाडा मगर, डिआईजी दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक राम प्रसाद दास, एसपी किरण बस्नेतलगायतको टोली २५ कात्तिकमा भारत प्रस्थान गरेको थियो ।

    बैठकमा सहभागी नेपाली टोली २९ कात्तिकमा स्वदेश फर्किएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images