images
images
  • कांग्रेस महाधिवेशन : इतरपक्षका शेखर, गगन र विश्वप्रकाशको आपसी विवादले मिलेन कुरा

    काठमाडौं– नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रित विवाद चर्किँदै गएपछि सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् ।

    सिंगापुरमा १८ दिनको उपचार सकेर फर्किएलगत्तै उनले शनिबारदेखि नेताहरूलाई भेटेर विवाद समाधानको पहल थालेका हुन् ।

    उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले देउवा औपचारिकभन्दा अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन् ।

    शनिबार बिहान खड्काले एक महिने केन्द्रीय समिति बैठकमा उठेका मतभेदबारे देउवालाई ब्रिफिङ गरेपछि देउवाले प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतसँग भेट गरी मिलेरै अघि बढ्न सुझाएका हुन् ।

    देउवाले आइतबार संस्थापन पक्षका सात पूर्वपदाधिकारी विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र डा. महतसँग पनि भेट्ने तयारी गरेका छन् ।

    उनीहरू प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

    तर, डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माको समूह भने निर्वाचनअघि नै महाधिवेशन हुनुपर्नेमा अडिग छ ।

    यही मतभेदले असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक निष्कर्षहीन बनेको छ ।

    शनिबार देउवाले मिलेर अघि बढ्न सुझाएपछि कार्यवाहक सभापति खड्काले हिमालय होटलमा गगन थापा, विश्वप्रकाश शर्मा, महेन्द्र यादव, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश

    लेखक र धनराज गुरुङसँग चर्चा गरे पनि सहमति जुट्न सकेन र विवाद यथावत् रहेको सहभागी एक नेताले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images