images
images
  • सम्पत्ति विवरण सार्वजनिक गर्न सञ्चारमन्त्री खरेल र स्वास्थ्यमन्त्री गौतमको आनाकानी

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले दुई महिना पूरा गर्दा पनि केही मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेका छैनन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र स्वास्थ्य मन्त्री सुधा गौतमबाहेक सबै मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन् ।

    मन्त्रालयको वेबसाइटमा प्रधानमन्त्रीसहित बाँकी मन्त्रीहरूको विवरण प्राप्त भएको उल्लेख छ ।

    अधिकारीका अनुसार सम्पत्ति विवरण छिट्टै सार्वजनिक गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images