images
images
  • सुनको मूल्यमा भारी गिरावट : एकैदिन प्रतितोला ६ हजार ९ सयले घट्यो (मूल्यसहित)

    काठमाडौं– आइतबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

    जुन अघिल्लो दिनको २ लाख ४९ हजार ७ सय रुपैयाँभन्दा कम हो ।

    अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्यमा आएको गिरावटको प्रत्यक्ष असर नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

    यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जसलाई हालसम्मकै उच्च मूल्यको रेकर्ड मानिन्छ ।

    चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

    अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५० रुपैयाँले घटेर ३ हजार १३५ रुपैयाँमा झरेको छ ।

    असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images