images
images
  • कांग्रेस पार्टी फुट्ने भयमा संस्थापन, विशेष र नियमित महाधिवेशन नहुने त्रासमा इतरपक्ष

    काठमाडौं– कांग्रेसको महाधिवेशन मिति तय गर्ने विषयमा संस्थापन र इतर पक्षबीच सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक दुई दिन हुँदै सोमबारलाई सारिएको छ ।

    संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्नेमा अडिग छ भने इतरपक्ष निर्वाचनअघि नै महाधिवेशन वा आवश्यक परे विशेष महाधिवेशन गर्नुपर्ने मागमा उभिएको छ ।

    गत २८ असोजदेखि चलिरहेको बैठकले नेताहरूको अडान कायमै रहेपछि निष्कर्ष निकाल्न सकेको छैन ।

    शनिबार बसेको कार्यसम्पादन समितिको बैठक पनि विफल भएपछि विषय सोमबारको केन्द्रीय समिति बैठकमै टुंगो लगाउने बताइएको छ ।

    इतरपक्षका गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङलगायत नेताहरूले पुसभित्र महाधिवेशनको स्पष्ट ग्यारेन्टी माग गरेका छन् ।

    अन्यथा प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनतिर जाने चेतावनी उनीहरूको छ ।

    यता संस्थापन पक्षले निर्वाचनअघि महाधिवेशनले पार्टी विभाजन भइ क्षति पुग्ने भन्दै चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    गण्डकी प्रदेश कांग्रेसले पनि मंसिरभित्रै नियमित वा आवश्यक परे विशेष महाधिवेशन गर्नुपर्ने माग केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images