काठमाडौं– भर्खरै रास्वपा परित्याग गरेका सन्तोष परियारले नयाँ पार्टी गठन गर्ने भएका छन् ।
उनले तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अलगिएका प्रगतिशील अभियानमा आवद्ध पूर्वमन्त्री सुदन किराती र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की नेत्री मानुषी भट्टराईलाई समेटेर नयाँ पार्टी गठन गर्न लागेका हुन् ।
शुक्रबार सचिवालय र साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका परियाले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई, सुदन किराँतीलगायत नेताहरूसँग मिलेर नयाँ पार्टी बनाउने तयारी भएको बताए ।
उनका अनुसार पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी वा प्रगतिशील नागरिक पार्टीजस्ता विकल्पमा छलफल भइरहेको छ ।
नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पत्रसमेत पठाइसकिएको परियारले जानकारी दिए ।
तर, भट्टराईले नेसपा र किरातीले प्रगतिशील अभियान नत्यागेको स्पष्ट पारेका छन् ।























