images
images
  • प्रचण्डबाट बिच्किएका डा.बाबुराम पुत्री मानुषी, सुदन र रवि त्यागेका परियार मिलेर गठन गर्दै नयाँ पार्टी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले नयाँ राजनीतिक दल गठन प्रक्रिया सुरु गरेका छन् ।

    शुक्रबार सचिवालय र साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका उनले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई, सुदन किराँतीलगायत नेताहरूसँग मिलेर नयाँ पार्टी बनाउने तयारी भएको बताए ।

    उनका अनुसार पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी वा प्रगतिशील नागरिक पार्टीजस्ता विकल्पमा छलफल भइरहेको छ ।

    नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पत्रसमेत पठाइसकिएको परियारले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images