images
images
  • बिहार विधान सभा निर्वाचन : भाजपा गठबन्धनको अग्रता कायमै

    काठमाडौं– बिहारको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ ।

    २४३ सिटका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा छ ।

    अहिलेसम्म सबै २४३ सीटका प्रारम्भिक रुझान आउँदा बिहारमा पुन: नीतिश कुमारको पार्टी अगाडि देखिएको छ ।

    उनले नेतृत्व गरेको एनडीए गठबन्धन १६० सीटमा अगाडि देखिएको छ ।

    एनडिएमा भाजपा, जनता दल युनाइटेड, लोजपा लगायत दल छन् ।

    तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सीटमा अगाडि छ ।

    महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत दल छन् ।

    पार्टीअनुसारको सिट हेर्दा जनता दल युनाइटेड (जदयु) ७५ र भारतीय जनता पार्टी (भाजपा) ७० सीटमा अगाडि छन् ।

    त्यसैले ठूलो दल बन्ने दौडमा बीजेपी र जेडीयूबीच नै मुख्य प्रतिस्पर्धी देखिन्छन् ।

    बहुमतको सरकार बनाउन १२२ सिट भए पुग्छ ।

    अघिल्लो चुनावमा बीजेपी र राष्ट्रिय जनता दल (राजद) बीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

    राजद ७४ सीटसहित एक सीट अन्तरले सबैभन्दा ठूलो दल बन्दा भाजपा दोस्रो भएको थियो ।

    बिहारमा यसपटकको निर्वाचनमा रेकर्ड ६७ प्रतिशत मतदान भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images