images
images
  • प्रधानमन्त्री शाह भारत प्रस्थान: विराजभक्त श्रेष्ठ कार्यवाहक, को को छन् भ्रमण टोलीमा ?

    काठमाडौ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्केका छन् ।

    नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री शाहलाई भारतमा वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । प्रधानमन्त्री शाहले भारतमा राष्ट्रपति दौपदी मुर्मी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार साँझ स्वदेश फर्किनेछन्

    भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह रहेका छन् ।

    त्यस्तै प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ र प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा पनि भ्रमण टोलीमा छन् ।

    टोलीमा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारीलगायत रहेका छन् । प्रधानमन्त्री शाह आइतबार दिल्ली प्रस्थान गरेका छन् ।

    यस्तो छ प्रधानमन्त्रीको भ्रमण टोली

    बालेन्द्र शाह – प्रधानमन्त्री
    डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
    शिशिर खनाल – परराष्ट्रमन्त्री
    कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
    असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
    विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
    गोविन्दबहादुर कार्की – मुख्यसचिव
    अमृतबहादुर राई – परराष्ट्र सचिव
    रुद्रसिंह तामाङ – उद्योग, वाणिज्य तथा आपूर्ति सचिव
    सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
    याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
    जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
    प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
    गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा
    कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल
    लोकबहादुर पौडेल क्षेत्री – परराष्ट्र मन्त्रालयका प्रवक्ता
    अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय
    सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालय
    सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
    दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
    ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा
    विजय राज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा
    लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
    दीपकराज निरौला – प्रोटोकल अधिकृत
    मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा
    लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहायक
    मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
    डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
    विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया)
    तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
    कमलकुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति
    अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
    प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल
    मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहायक
    मुकेश डंगोल – क्यानका महानिर्देशक

    -फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images