काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले छिटो महाधिवेशन प्रक्रिया सुरु गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षणपत्र बुझाउन तयार भएका छन् ।
पूर्णबहादुर खड्कासँग निकट देउवा समूहका यी सदस्यहरू पहिले खुमबहादुर खड्कासँग नजिक थिए ।
हाल देउवासँग घनिष्ठ मानिने रमेश रिजाल र उदयशमशेर राणा पनि समेटेर अघि बढेका छन् ।
उनीहरूको भनाइमा नियमित महाधिवेशन सुरु भएसँगै विशेष महाधिवेशनको बहस स्वतः अन्त्य हुन्छ ।
‘हामी २५ जनाको टोली केही बेरमै कार्यबाहक सभापतिलाई ध्यानाकर्षण गराउँदैछौँ,’ केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले भने, ‘पार्टी झगडामा फस्ने बेला होइन, फुटको जोखिम हटाउन महाधिवेशन नै सही बाटो हो ।’
यसअघि इतरपक्षका नेताहरू तथा पार्टी महामन्त्रीद्वयले विशेष महाधिवेशन गर्नुपर्नेमा जोडदिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्























