images
images
  • पार्टी गठन गरेर निर्वाचनमा जाने तयारीमा विप्लव, जनार्दन र घनश्याम

    काठमाडौं– राष्ट्रियता र आगामी निर्वाचनमा सहकार्य गर्ने लक्ष्यसहित तीन वामपन्थी शक्ति विप्लव, घनश्याम भुसाल र जनार्दन शर्मा सघन छलफलमा जुटेका छन् ।

    जेन्जी विद्रोहपछि उत्पन्न परिस्थितिले राष्ट्रियता, लोकतन्त्र र जनअधिकार जोखिममा परेको निष्कर्षसहित उनीहरूले वाम, समाजवादी र प्रगतिशील शक्तिसँग सहकार्य बढाउने प्रयास तीव्र बनाएका हुन् ।

    फागुन २१ को निर्वाचन लक्षित छलफलमा ‘विचार मिल्नेसँग एकता, नमिल्नेसँग मोर्चाबन्दी’ गर्ने रणनीतिमाथि कुराकानी भएको सुदन किरातीले बताए ।

    तर, एकीकृत समाजवादीका स्थायी समिति सदस्य अनिल शर्मा विरहीका अनुसार एकता वा ध्रुवीकरणको स्पष्ट खाका अझ बनेको छैन ।

    राष्ट्रियता, सिद्धान्त र जनतन्त्रबारे भुसाल–शर्माले ठोस दस्तावेज नल्याएको उनको भनाइ छ ।

    यद्यपि प्रगतिशील वामपन्थी अलाइन्सबारे संवाद जारी राख्ने सहमति बनेको छ ।

    प्रगतिशील राष्ट्रिय अभियानले ‘नैतिकहीन, अहंकारी’ नेताहरूलाई चुनावमार्फत हटाउन आह्वान गर्दै सात बुँदे धारणा सार्वजनिक गरेको छ ।

    यससँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक शक्तिको बृहत गठबन्धन बनाउन छुट्टै पहल चलाइरहेका छन् ।

    तर, नयाँ शक्ति र वैकल्पिक समूहबीच सहमति नजुतेको नेसपा (नयाँ शक्ति)का प्रवक्ता कृष्ण शर्माले बताए ।

    रास्वपाले पनि वैकल्पिक शक्तिलाई समेटेर पुराना दलविरुद्ध संयुक्त मोर्चा बनाउने प्रयास गरिरहेको छ, तर आन्तरिक निष्कर्षका कारण कुनै ठोस एकता भने बन्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images