images
images
  • कुन–कुन सेवा क्षेत्रमा बन्द हड्ताल गर्न पाइँदैन ? (सूचीसहित)

    काठमाडौं– अब २५ वटा अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेध भएको छ ।

    नेपाल सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को अधिकार प्रयोग गरी २५ वटा महत्त्वपूर्ण सेवामा हडताल गर्न निषेध गरेको हो ।

    गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यो आदेश जारी गरेको हो ।

    अब यी २५ सेवाहरूमा कुनै पनि प्रकारको अवरोध वा हडताललाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

    नागरिकको दैनिक जीवन र राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य मानिएका सेवामा हडताल हुँदा जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकारले पटक–पटक यस्ता निर्णय गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।

    कुन कुन क्षेत्रमा पाइँदैन हडताल गर्न ?

    · डाँक, तार वा टेलिफोन सेवा

     जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा

    · हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

    · हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

    · प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा

    · हातहतियार खरखजाना वा अरू कुनै सैनिक सामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

    · सञ्चार सेवा

    · आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

    · खानेपानीको सञ्चालन तथा वितरण सेवा

    · पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्ट सम्बन्धी सेवा

    · पेट्रोलियम पदार्थ (एलपी ग्याँस समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा

    · अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरू)

    · औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

    · फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा

    · बैङ्किङ सेवा

    · बिमा सेवा

    · विद्युत् सेवा

    · दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

    · मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

    · मास्क सम्बन्धी सेवा

    · ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा

    · भेटेरिनरी सेवा

    · कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा

    · राहदानी विभागबाट प्रदान हुने सेवा

    · इन्टरनेट सेवा

    प्रतिक्रिया दिनुहोस्
    images
    images