images
images
  • निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

    काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

    शुक्रबार सूचना जारी गर्दै आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको हो ।

    आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ ।

    राष्ट्रिय सभाका अध्यक्ष दाहालको पनि आउँदो फागुनबाट कार्यकाल सकिन्छ ।

    रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने तय छ ।

    त्यसका लागि मंसिर १ देखि ७ गतेभित्र दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको हो ।

    राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका मेयर/उपमेयर र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदाता रहनेछन् ।

    प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय छ ।

    त्यसका लागि आयोगले मंसिर १ देखि १० गतेभित्र दल दर्ता गर्न आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images