काठमाडौं– नेपाली कांग्रेसले २१ फागुनमा तय गरेको निर्वाचनलाई ध्यानमा राख्दै महाधिवेशन विवाद समाधानका लागि आज दिउँसो १ बजे ललितपुरको धोबीघाटमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
चुनुवापूर्व महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरू विभाजित छन् ।
गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् ।
थापाले २७ मंसिरमा विशेष महाधिवेशन प्रस्ताव राखे भने शर्माले पनि विधानअनुसार पुसभित्रै महाधिवेशन अनिवार्य हुने बताएका छन् ।
देउवा पक्षका शीर्ष नेताहरू भने चुनावपछि महाधिवेशन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
तर, दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरू चुनावअघि नै महाधिवेशन आवश्यक रहेको धारणा राख्छन् ।
प्रतिक्रिया दिनुहोस्























