काठमाडौं– निर्वाचन आयोगमा बुझाइएको १३८ सदस्यीय नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति सूचीमा करिब ४० प्रतिशत सदस्य माधव नेपाल नेतृत्वको पूर्व नेकपा (एकीकृत समाजवादी) बाट आएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० दल एकीकृत भएपछि बनेको नयाँ संरचनामा सह–संयोजक माधवकुमार नेपालसहित ५५ जना पूर्व एकीकृत समाजवादीका नेताहरू परेका छन् ।
शीर्ष १० मा माओवादी केन्द्रबाट केवल ४ जना छन् भने बाँकी ६ जना पूर्व एकीकृत समाजवादीका छन् ।
झलनाथ खनाल तेस्रो, वामदेव गौतम चौथो, जगन्नाथ खतिवडा आठौं, जयन्तीदेवी राई नवौं र डा. बेदुराम भुसाल दशौं स्थानमा छन् ।
यस्तै, टप १५ मा माओवादी केन्द्रका ६ जना मात्र परेका छन् भने पूर्व एकीकृत समाजवादीका ९ जना छन् ।
तीमध्ये डा. गंगालाल तुलाधर ११ औं, धर्मनाथप्रसाद साह १२ औं र प्रकाश ज्वाला १५ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्























