images
images
  • कुलमान–हर्कको बलियो उपस्थितिले भत्किएला कांग्रेस, एमाले र नेकपाको विरासत ?

    काठमाडौं– २०७९ को चुनावमा कोशी प्रदेश एमालेको बलियो गढ थियो ।

    तर, जेन्जी आन्दोलनपछि पुराना दलहरूको भोट बैंक कमजोर बनेको र आगामी फागुन २१ मा चुनाव भए जनमतमा ठूलो फेरबदल हुने संकेत छ ।

    कोशीमा पहिचान आन्दोलन र स्वतन्त्र लहरले तीन नयाँ शक्तिहरूलाई अगाडि ल्याएको छ ।

    हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र योगी मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी ।

    तीनै दल फरक वैचारिक धरातलमा भए पनि पुराना दलहरूलाई चुनौती दिने हैसियतमा छन् ।

    हर्क साम्पाङ ‘हर्कवाद’ मार्फत श्रम र उत्पादनलाई केन्द्रमा राख्छन् ।

    कुलमान घिसिङको दल संघीयता, समावेशी प्रतिनिधित्व र पहिचानलाई फराकिलो अर्थमा व्याख्या गर्छ ।

    योगी मण्डल भ्रष्टाचारविरोधी एजेन्डा र ‘नेपालवाद’मा अडान छन् ।

    विश्लेषक कृष्ण पोखरेलका अनुसार जेन–जी आन्दोलनले पुराना दलहरूको जमिन हल्लाइदिएको छ र तीमध्ये कुलमानको पार्टीले राष्ट्रियस्तरमै ठूलो चुनौती दिन सक्छ ।

    तर, नयाँ शक्तिहरूबीच समन्वय र एकताको कमी छ ।

    हर्क साम्पाङ र डकेन्द्र थेगिमबीचकै ‘कम्युनिकेसन ग्याप’का कारण अलगअलग हिँडाइ देखिन्छ ।

    तीनै दल एक हुन सके पुराना दललाई ठूलो नोक्सान पु¥याउने विश्लेषकहरूको भनाइ छ, नत्र उनीहरूले सम्भावित फाइदा आधामाझैँ गुमाउन सक्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images