images
images
  • देउवाबिना कांग्रेस महाधिवेशन मिति टुंग्याउन पूर्णबहादुर, शेखर र गगनलाई फलामको चिउरा

    काठमाडौं– नेपाली कांग्रेसको असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्ने क्रम सकिए पनि निर्णय भने अझै भइसकेको छैन ।

    बिहीबार बोल्ने चरण टुंगिएपछि बैठक स्थगित गरिएको छ र अब कात्तिक २९ गते दिउँसो २ बजे बस्नेछ ।

    बैठकको अन्त्यतिर महामन्त्री गगन थापाले करिब एक घण्टा धारणा राख्दै मंसिरको अन्त्यतिर विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

    उनले आफूलाई महामन्त्रीका रूपमा जवाफ दिने अवसर पाउने कि नपाउने भन्ने संशयबाटै आफ्नो कुरा सुरु गरेका थिए ।

    सदस्यहरूलाई ११ मिनेटको समय तोकिए पनि धेरैले चाहे जति बोल्ने अवसर पाए ।

    बैठक पटक–पटक स्थगित हुँदै आएकोमा कात्तिक १८ यता भने लगातार बसेको थियो ।

    विशेष महाधिवेशन पक्षधरहरूले यो ढिलाइलाई ‘सभापति शेरबहादुर देउवालाई फर्कन पर्खने रणनीति’ का रूपमा बुझेका छन् ।

    देउवा असोज २८ मा समितिलाई सम्बोधन गरेर कात्तिक ९ मा सिंगापुर गएकोमा कार्यवाहक सभापतिलाई दिने पत्र पनि यसपटक नदिएको दाबी छ ।

    नेता मीन विश्वकर्माले देउवा फर्कँदै गरेको सुने पनि पुष्टि नभएको बताए ।

    देउवा निकट नेताहरूले भने टिकट सारिएको कारणले केही दिनमै फर्कने तयारी भएको जानकारी दिए ।

    केहीले देउवा उपस्थित भएर नै नियमित महाधिवेशनको मिति घोषणा गर्ने दाबी पनि गरेका छन् ।

    देउवाका निकट स्रोतका अनुसार उनी पुस मसान्तअघिको महाधिवेशन मिति प्रस्तावसहित कार्यतालिका ल्याउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images