images
images
  • प्रचण्डबाट बिच्किएका जनार्दन शर्माको समूहमा को–को अटे ? (नामावलीसहित)

    काठमाडौं– पूर्व अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्रबाट अलग भएर गठन गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’ ले केन्द्रीय संयोजन समिति घोषणा गरेको छ ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको समितिको संयोजकमा पूर्वमन्त्री सुदन किराती रहेका छन् ।

    समितिमा किरातीसहित गेहेन्द्र ढकाल, मदन भट्टराई, नारायणी शर्मा, मदन लिम्बु, भीमबहादुर मल्ल र संझना राईलगायत सदस्य छन् ।

    अन्य सदस्यमा गोरखबहादुर केसी, पुजन सिंह, अरविन्द यादव, जटिल कार्की, लक्ष्मी गुरुङ, देवीराम देवकोटा, प्रकाशचन्द्र पाण्डे, जन्मदेव जैशी, राजु आलेमगर, टेकेन्द्र भट्ट, सन्तोष विष्ट, दीपक साउद, प्रेमबहादुर तामाङ, पुष्प न्यौपाने, यज्ञवल्लभ शर्मा र डा. अच्युत भट्ट रहेका छन् ।

    त्यस्तै क्षितिज सापकोटा, विमला सिंह, बाबुराम नेपाली, निर्मला गौतम, किस्मत विक, रामहरि पुडासैनी, सन्दीप पुन र धर्मराज खतिवडासहित समितिमा कुल ३१ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images