images
images
  • प्रचण्ड–माधवको नेकपामा भीम रावल लगायतका नेताहरूको वरियता व्यवस्थापनमै मुस्किल

    काठमाडौं– एमाले छाडेका भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ ।

    बुधबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतले रावललाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे ।

    रावल नेकपामा छैटौँ वरीयतामा रहनेछन् भने उनको जिम्मेवारी टुंगो लाग्न बाँकी छ ।

    साथै, प्रमोद यादवको नेकपा श्रमजीवी पार्टी र एमालेका प्रकाश शाह लगायत नेताहरू पनि नेकपामा प्रवेश गरेका छन् ।

    प्रचण्ड, नेपाल र रावलबीच सातबुँदे सहमति भएको छ, जसअनुसार आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र पार्टीको संरचना, नीति तथा नेतृत्वलाई संस्थागत गर्ने सहमति भएको छ ।

    पार्टीले लोकतान्त्रिक अभ्यास, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्त अंगीकार गर्ने जनाएको छ ।

    प्रचण्डले राष्ट्र असाधारण संकटमा परेको भन्दै राष्ट्र बचाउन एकता गरिएको बताए ।

    उनले यो एकता चुनावका लागि होइन, ऐतिहासिक आवश्यकताका लागि भएको बताए र जेन–जी आन्दोलनले पनि परिवर्तनको धक्का दिएको उल्लेख गरे ।

    माधव नेपालले नयाँ एकताले राजनीतिमा तरंग ल्याएको बताउँदै बलियो पार्टी बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images