images
images
  • भीम रावलको नेकपा प्रवेशले सुदूरपश्चिममा एमाले शून्य उन्मुख

    काठमाडौं– नेकपा (एमाले)बाट निष्कासित भई मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

    बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले रावललाई स्वागत गरेका हुन् ।

    रावलले सात बुँदे सहमतिसहित अभियानलाई पार्टीमा समाहित गरेका छन् ।

    सहमतिपत्रमा राष्ट्रिय हित, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकार रक्षा गर्दै बाह्य हस्तक्षेपमुक्त राजनीति र समाजवादमार्गी रूपान्तरणका लागि सहकार्य गर्ने उल्लेख छ ।

    पार्टीले उनलाई छैटौँ वरीयता दिएको छ ।

    २०७८ मंसिरमा चितवनमा भएको एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका रावल पछि निरन्तर असन्तुष्ट रहे ।

    अन्ततः २०८१ पुसमा एमालेले उनलाई निष्कासन गरेको थियो । त्यसपछि उनले मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए ।

    हालै एकीकृत भएका १० वाम घटकबीच बनेको नेकपामा लामो छलफलपछि उनको प्रवेश भएको हो ।

    सुदूरपश्चिममा प्रभावशाली नेता मानिने रावलको प्रवेशले नेकपालाई बल मिल्ने र एमालेलाई धक्का पुग्ने विश्लेषण गरिएको छ ।

    उनको प्रवेशपछि एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    उनले पार्टीभित्रकै अराजनीतिक र परपीडक सोचले संगठन कमजोर बनाएको टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images