images
images
  • माधव नेपालको संकटका धोकेवाज, सुखका सारथी– ‘भीम रावल’

    काठमाडौं– कुनै समय डा. भीम रावल एमालेभित्र राष्ट्रवादी, खरो र अडिग नेताको रूपमा चिनिन्थे ।

    उनका समर्थकले उनलाई सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने सम्भावित नेता पनि मान्थे ।

    तर, पछिल्ला गतिविधिले त्यही समर्थक निराश र अलमलमा परेका छन् ।

    २०७८ मा संसद् विघटनको विरोधमा अग्रपंक्तिमा रहेका रावलले देउवालाई प्रधानमन्त्री बनाउन रिटमा हस्ताक्षर गरे पनि विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाटै राजीनामा दिए ।

    त्यसपछि एमाले विभाजन रोक्न १० बुँदे सहमति गरेर ओलीसँग मिल्ने प्रयास गरे तर त्यो टिकेन ।

    माधव नेपालले एकीकृत समाजवादी दर्ता गर्दा उनका धेरै समर्थक त्यतै लागे रावल भने एमालेमै रहे ।

    ओलीसँग असम्झदारी बढ्दै गएपछि १०औँ महाधिवेशनमा उनले अध्यक्षमा प्रतिस्पर्धा गरे तर पराजित भए ।

    त्यसपछि रावल क्रमशः एमालेभित्र किनारामा परे र अन्ततः २०८१ पुसमा पार्टीबाट निष्कासित भए ।

    निष्कासनपछि उनले मातृभूमि जागरण अभियान सुरु गरे सुदूरपश्चिममा केही सक्रियता देखाए तर उल्लेखनीय साथ पाएनन् ।

    अन्ततः उनले माधवकुमार नेपाल र पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग सात बुँदे सहमति गर्दै समायोजन गरे ।

    उनका पुराना सहकर्मीहरूका अनुसार रावल दृढ विचारका तर कठोर र आत्मकेन्द्रित स्वभावका नेता हुन् ।

    राजनीतिक जीवनमा पटक–पटक अवसर पाएका उनले मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्मको भूमिका सम्हालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images