images
images
  • कोशीमा जनार्दन शर्माको कमजोर प्रभाव, प्रभावशाली नेता प्रचण्डको कित्तामा

    काठमाडौं– पार्टी एकताको संघारमा माओवादीबाट अलगिएका जनार्दन शर्माको कोशी प्रदेशमा पकड कमजोर बन्दै गएको छ ।

    पूर्वमन्त्री सुदन किराँतीको साथ भए पनि शर्माले आफ्नो प्रभाव कायम राख्न सकेका छैनन् ।

    प्रचण्डलाई लगातार चुनौती दिँदै आएका शर्मासँग नजिक रहेका अधिकांश सहकर्मी अहिले टाढिँदै गएपछि उनी एक्लिँदै गएको चर्चा छ ।

    शर्माका नजिक मानिएका पूर्वमन्त्री शिवकुमार मण्डल पनि अहिले निर्णयमा नपुगेका बताउँछन् ।

    छ महिनाअघि विराटनगर महानगर अधिवेशनमा संस्थापन पक्षकी नमिता न्यौपाने र शर्मा पक्षका दिनेश राजवंशीबीच प्रतिस्पर्धा हुँदा राजवंशीको प्यानल विजयी भएको थियो ।

    त्यसपछि शर्मा समूह प्रेस सेन्टरसहित माओवादीका विभिन्न जनवर्गीय संगठनमा हावी बनेको थियो ।

    तर, एकता प्रक्रियासँगै कोशीका धेरै नेता पुनः संस्थापनतिर फर्किएका छन् ।

    सुदन किराँती, हेमन्त राई र केही अन्य मात्रै अझै शर्मातर्फ उभिएका छन् ।

    भोजपुर र आसपासका जिल्लामा पनि अधिकांश नेताहरू एकताकै पक्षमा खुलेका छन्, जबकि सुदन समूहका केही स्थानीय समितिहरूले भने असहमति जनाएका छन् ।

    योसँगै कोशीमा जनार्दन शर्मा समूहको संगठनात्मक प्रभाव तीव्र रूपमा घटेको आन्तरिक मूल्याङ्कन माओवादीभित्र भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images