काठमाडौं– नेकपा (एमाले) छोडी ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनीहरू पार्टीमा प्रवेश गरेको घोषणा गरिएको हो ।
यसअघि रावलले आजै प्रचण्ड, माधव नेपाल र आफ्नै बीच सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षरपछि तत्कालै एकता घोषणा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्























