images
images
  • राजसंस्था पुनर्स्थापना, संविधान खारेज र ऋण मिनाह गर्ने दुर्गा प्रसाईंको माग सरकारले पूरा गर्ला ?

    काठमाडौं– दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृहमन्त्री ओमप्रकाश अर्यालसँगको भेटपछि गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ ।

    समूहका माधव प्रसाद खतिवडाले बुधबार मन्त्रालयमा मागपत्र बुझाएका हुन् ।

    वार्ता आजका लागि सकिएको सहजीकरणकर्ता अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिएका छन् ।

    मागपत्रमा संविधान खारेज, राजसंस्था पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, बैंक ऋण मिनाहा, र रोजगारीका ग्यारेन्टीजस्ता मागहरू छन् ।

    मुख्य माग :

    १. नेपाल नेपालीले नै बनाउने र व्यापार पनि नेपालीकै नियन्त्रणमा रहने व्यवस्था ।

    २. संविधान खारेज गरी बौद्ध, किराँत र वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था स्थापना (जनमत संग्रहमार्फत) ।

    ३. प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुनःस्थापना ।

    ४. बैंक तथा वित्तीय संस्था राष्ट्रियकरण गरी व्यवसायी र बैंक अलग्याउने व्यवस्था ।

    ५. खाडीका जेलमा रहेका करिब ७ हजार युवालाई स्वदेश फर्काउने पहल ।

    ६. लघुवित्त र सहकारीमा २० लाखभन्दा कम ऋण मिनाहा ।

    ७. २० लाखभन्दा बढी ऋणलाई २५ किस्ताबन्दीमा ५ प्रतिशत ब्याजदरमा तिर्न पाउने सुविधा जस्ता माग समावेश छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images