images
images
  • गुन्डुबाट गुण्डाराज : एमाले सैन्य संगठनको बलमा सरकारसँग भिड्दै ओली

    काठमाडौं– जेन्जी आन्दोलनपछिका घटनाक्रमबीच गुन्डुस्थित अस्थायी निवासबाट नेकपा (एमाले) हाँकिरहेका अध्यक्ष केपी शर्मा ओलीले हाल युवाहरुलाई सडक आन्दोलनतर्फ प्रेरित गर्न सक्रिय भएका छन् ।

    आइतबार राष्ट्रिय युवा संघको बैठकमा ओलीले कार्यकर्तालाई बाघझैं स्वतन्त्रताको प्रयोग गर्न निर्देशन दिए ।

    उनले भने, ‘डरलाई मनबाट फ्याँकिदिनुस्, काँतर भयौं भने देशको अस्तित्व नै जान्छ ।’

    त्यसै क्रममा उनले स्थानीय प्रशासनको आदेश अवज्ञा गर्न पनि कार्यकर्तालाई तयारी रहन भने ।

    ‘प्रशासनलाई जानकारी दिनुहोस्, अनुमति दिएन भने पनि सडकमा उत्रनुस्,’ उनले भने, ‘संविधानभन्दा सिडिओको आदेश माथि हुँदैन ।’

    २४ असोजमा प्रशासनले रोक लगाएको युवा संघको मोटरसाइकल र्‍यालीपछि ओलीका निर्देशनहरू ती घटनासम्म सीमित छैनन् ।

    उनले देशभर टोलटोलमा सुरक्षा समिति गठन गर्न, हिंसा रोक्ने तर आवश्यक परे प्रतिकार गर्ने गरी युथ भोलियन्टर फोर्स निर्माण गर्न आग्रह गर्दै आएका छन् ।

    महेश बस्नेतको संयोजकत्वमा गुन्डुबाट गठन गरिएको कार्यदलले सो फोर्सको तयारी अघि बढाइरहेको छ ।

    आगामी ५ मंसिरमा पुष्प श्रेष्ठको नेतृत्वमा फोर्सको औपचारिक घोषणा हुने बताइएको छ ।

    एमालेका अनुसार यो संगठन पार्टीको जनसंगठन प्रणालीभित्र छुट्टै स्वयंसेवक संरचनाका रूपमा रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images