काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच आज भेटवार्ता भएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा अपराह्न दुई अध्यक्षबीच ‘वान–टु–वान’ (एकान्त) भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ ।
पार्टी एकतासहितका समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























