images
images
  • रविले नेतृत्व त्याग्न नमानेपछि रास्वपा प्रवेश गर्नबाट बिच्किए बालेन, कुलमान र सुदन

    काठमाडौं– रास्वपा सभापति रवि लामिछाने जेलमै रहेर पनि कार्यकारी पदमा रहिरहन चाहँदा पार्टीले लोकप्रिय ऊर्जा मन्त्री कुलमान घिसिङलाई भित्र्याउने सुनौलो अवसर गुमाएको छ ।

    बालेन शाह र सुदन गुरुङ लगायत जेन्जी प्रतिनिधिहरूसँगको सम्बन्धका कारण कुलमानलाई भित्र्याउन सके रास्वपा चुनावपछि ठूलो दल बन्न सक्थ्यो ।

    तर, रविको अडानले त्यो सम्भावना बन्द भयो ।

    कुलमानले रास्वपामा प्रवेशको प्रस्ताव स्वीकारे पनि कार्यकारी सभापति हुनुपर्ने सर्त राखे ।

    रविले सभापति पद नछोड्ने निर्णय गरेपछि सहकार्य असम्भव बन्यो ।

    रास्वपाले उनीमाथि ‘पार्टी कब्जा गर्ने नियत’ को आरोप लगायो भने कुलमानले ‘बहुमत ल्याउने योजना’ का लागि मात्रै सभापति मागेको बताए ।

    यसले रास्वपाभित्र असन्तोष बढाएको छ ।

    कतिपय नेताहरूले यो कदमले पार्टीलाई दीर्घकालीन घाटा पुर्‍याउने बताएका छन् ।

    उनीहरूका अनुसार कुलमान र बालेनसँग मिल्न सकेको भए नयाँ शक्ति बलियो बन्ने थियो ।

    सभापति रवि लामिछाने सहकारी ठगी र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा जेलमा छन् ।

    उनका मुद्दा लामो समयसम्म टुंगो नलाग्ने भएकाले रास्वपाको लोकप्रियता घट्दै गएको छ ।

    रास्वपाका केही नेताहरू भने कुलमानसँगको संवाद अझै सकिएको छैन भन्छन् ।

    सचिवालय सदस्य विराजभक्त श्रेष्ठका अनुसार दोस्रो चरणको वार्ता सम्भव छ र सहकार्यको ढोका बन्द भएको छैन ।

    तर, अहिलेको अवस्थाले देखाएको छ ।

    व्यक्तिगत अहंकार र सत्तालिप्साको बीचमा रास्वपाले ठूलो अवसर गुमाएको छ ।

    जसरी डोलप्रसाद अर्यालको प्रतिवेदनमा लेखिएको छ, ‘संभव हुनेसँग एकता, नहुनेसँग मोर्चाबन्दी र त्यो पनि नहुनेसँग सीमित सहकार्य ।’

    तर, व्यावहारिक राजनीति भने त्यसैसँगै भन्छ ।

    निलो क्रान्तिको सपना देख्दा जेन्जीले रातो क्रान्ति गरेर खेलमै नयाँ पासा पल्टाइदिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images