images
images
  • भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेकपामा सामेल

    काठमाडौं– मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन् ।

    नेकपा (एमाले) बाट निष्कासनपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए ।

    हाल माओवादी, एकीकृत समाजवादीसहितका १० वाम घटकबीच एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा रावलको अभियान समाहित गर्ने विषयमा केही दिनदेखि छलफल भइरहेको थियो ।

    आइतबार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत नेताहरूसँग भएको भेटमा रावललाई पार्टीमा सामेल हुन प्रस्ताव गरिएको थियो ।

    छलफलमा सहभागी नेताका अनुसार रावलको प्रवेश टुंगिएको छ र कात्तिक २६ या २७ गते औपचारिक कार्यक्रम हुनेछ ।

    उनलाई पार्टीमा छैटौँ वरीयता दिइने र सचिवालय सदस्य बनाउने तयारी भइरहेको बताइएको छ ।

    रावलले पनि नेताहरूसँग छलफल भइरहेको पुष्टि गर्दै एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images