images
images
  • कक्षा १२ को नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौं– कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

    बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३.४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।

    यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ ।

    गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images