images
images
  • नयाँ दल गठन गर्दै कुलमान घिसिङ, ऋषि धमला, खगेन्द्र सुनार र युवराज संग्रौला

    काठमाडौं– अन्तरिम सरकारले आगामी २१ फागुनमा निर्वाचनको मिति घोषणा गरेसँगै व्यवसायी, अभियन्ता र नेताहरू राजनीतिक दल दर्ताको तयारीमा जुटेका छन् ।

    जेन्जी आन्दोलनपछि व्यवसायी वीरेन्द्र बस्नेत, ऊर्जामन्त्री कुलमान घिसिङ, अधिवक्ता डा. युवराज संग्रौला, दलित अभियन्ता खगेन्द्र सुनार र पत्रकार ऋषि धमलासहितका व्यक्तित्व नयाँ दल दर्ता प्रक्रियामा छन् ।

    त्यस्तै, घनश्याम भुसाल, जनार्दन शर्मा र समिम अंसारी पनि विद्रोही समूहको रूपमा नयाँ दल गठन तयारीमा छन् ।

    निर्वाचन आयोगका अनुसार हालसम्म २५ भन्दा बढी दल दर्ताका निवेदन आइसकेका छन्, तर धेरैले आवश्यक कागजात पूरा गर्न सकेका छैनन् ।

    कुलमाननिकटका ज्ञानबहादुर तामाङले ८उज्यालो नेपाल पार्टी८ दर्ताका लागि निवेदन दिएका छन् भने नागरिक जनसेवा पार्टी नामक अर्को दलमा बालेन शाह, सुमना श्रेष्ठ र सुदन गुरुङको समर्थन रहेको दाबी छ ।

    नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट पार्टी नेपाल, युवराज संग्रौलानिकटले नागरिक सर्वोच्चता पार्टी नेपाल दर्ता गराएका छन् ।

    पूर्वसांसद योगेन्द्र मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी, खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल र हिराप्रसाद केसीले राष्ट्रिय जेन्जी पार्टी नेपाल दर्ता गरेका छन् ।

    बुद्ध एयरका लगानीकर्ता वीरेन्द्र बस्नेतले पनि नयाँ दल दर्ता प्रक्रिया अघि बढाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images