images
images
  • रास्वपाले सभापति पद नदिएपछि बालेन, सुमना र सुदनको समर्थनमा नयाँ पार्टी गठन गर्दै कुलमान

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति नजुटेपछि ऊर्जा तथा पूर्वाधार मन्त्री कुलमान घिसिङले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि ‘उज्यालो नेपाल पार्टी’ नामक नयाँ दल दर्ता गर्ने तयारी गरेका छन् ।

    हाल मन्त्री भएकाले उनले पार्टीको नेतृत्व तत्काल नलिने र चुनावअघि मात्र सभापतिको जिम्मेवारी सम्हाल्ने योजना बनाएका छन् ।

    पूर्वऊर्जासचिव अनुपकुमार उपाध्याय संयोजक रहने गरी दल दर्ताको प्रक्रिया शुक्रबारभित्र निर्वाचन आयोगमा पूरा हुने घिसिङका निकट सहयोगी जीतराम वाइबाले बताएका छन् ।

    वाइबाका अनुसार दल दर्ता गर्दा उपाध्यायसहित अन्य दुई सदस्यको नाममा पनि छलफल भइरहेको छ ।

    उनले भने, ‘घिसिङ अहिले सरकारमै छन्, तर पार्टीको तयारी समानान्तर रूपमा अघि बढिरहेको छ । उज्यालो नेपाल पार्टी उनको भिजनमै खुलेको हो ।’

    रास्वपासँगको वार्ता असफल भएपछि नयाँ दल खोल्ने निर्णय लिइएको हो । घिसिङले रास्वपासँगको छलफलमा तीन प्रस्ताव राखेका थिए :

    १. रवि लामिछानेले क्लिन चिट नपाएसम्म आफूलाई कार्यकारी सभापति बनाउने,

    २. पार्टीको नाममा ‘उज्यालो’ शब्द समावेश गर्ने,

    ३. रास्वपाको केन्द्रीय संरचनामा ३०–५० प्रतिशत हिस्सा सुनिश्चित गर्ने ।

    तर, रास्वपाले कार्यकारी सभापति दिन अस्वीकार गरेको र उपसभापतिको प्रस्तावमात्र दिएको थियो ।

    त्यसपछि घिसिङ र उनको समूह अलग्गै बाटो लागेको हो ।

    घिसिङलाई काठमाडौंका मेयर बालेन्द्र शाह, सुमना श्रेष्ठ र सुदन गुरुङको समर्थन रहेको बताइन्छ ।

    बालेनको साथले उनको महत्वाकांक्षा बढेको र रास्वपाको नेतृत्वमा दाबी गर्न सहज भएको रास्वपाका नेताहरूको मूल्यांकन छ ।

    यसबीच रास्वपाले शुक्रबार र शनिबार चितवनमा केन्द्रीय विस्तारित बैठक बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images