images
images
  • प्रचण्डबाट बिच्किएका विप्लव–जनार्दन र माधवबाट छुट्टिएका घनश्याम नयाँ वाम पार्टी गठनको तयारीमा

    काठमाडौं– प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीबाट बिच्किएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, जनार्दन शर्मा र माधव नेपालबाट उछिट्टिएका घनश्याम भुसालसँग नयाँ वाम निर्माण गर्ने सहमति भएको बताएका छन् ।

    निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका लागि पुगेका विप्लवले आजै तीन नेताबीच भएको सहमतिबारे संयुक्त वक्तव्य सार्वजनिक हुने जानकारी दिए ।

    उनका अनुसार आज बिहान मात्रै उनी, शर्मा र भुसालबीच विस्तृत छलफल भएको थियो ।

    विप्लवले भने, ‘हामीबीच नयाँ कम्युनिष्ट केन्द्र अर्थात् समाजवादी केन्द्र निर्माणको लागि पहल गर्ने सहमति भएको छ । अहिलेको अस्थिर र संकटपूर्ण राजनीतिक अवस्थाबाट देशलाई निकास दिन देशभक्त, समाजवादी र कम्युनिष्ट शक्ति मिलेर अघि बढ्ने सहमति बनेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images