images
images
  • संसद् पुनर्स्थापना र प्रधानमन्त्रीको कुर्सीमा अपदस्त ओलीको अर्जुणदृष्टि

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गर्न अदालतले काम नगरेमा राष्ट्रपतिले नै गर्नुपर्ने बताएका छन् ।

    उनले शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा प्रतिनिधिसभाको माग तीव्र बनाउनुपर्ने जोड दिए ।

    ओलीले भने, ‘प्रतिनिधिसभा कसले पुनर्स्थापना गर्छ भने अदालतले गर्छ वा राष्ट्रपतिले गर्नु पर्छ । विघटन गर्ने राष्ट्रपतिले पुनर्गठन गर्नैपर्छ ।’

    यसअघि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग उनले संवाद गर्दै एमालेको अर्जुणदृष्टि विघटित संसद् पुनर्स्थापना रहेको बताएका थिए ।

    यसका साथै ओलीले आफू पुनः सत्तामा फर्किन पाउनुपर्ने जिकिरसमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images