images
images
  • अपदस्त ओलीलाई पुनः सत्तामा फर्काउन निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन

    काठमाडौं– प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा नेकपा (एमाले)का निवर्तमान सांसदहरूले सुरु गरेको हस्ताक्षर संकलन आज पनि जारी रहने भएको छ ।

    नेताहरूका अनुसार अभियान हिजोदेखि प्रारम्भ भएको हो ।

    बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएका केही सांसदहरूले पुनस्र्थापनाको समर्थनमा दस्तखत गरेका थिए ।

    सांसद हेमराज राईका अनुसार काठमाडौंमा उपलब्ध सांसदहरूबाट हस्ताक्षर संकलन सुरु भइसकेको र प्रक्रिया निरन्तर चल्नेछ ।

    तर, संकलित हस्ताक्षर अदालतमा निवेदनका रूपमा पेस गर्ने कि केवल राजनीतिक सन्देशका रूपमा प्रयोग गर्ने भन्नेबारे एमाले नेताहरूले अझै स्पष्ट पारेका छैनन् ।

    यसअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा १६ वटा निवेदन दर्ता भइसकेका छन् ।

    जसमा कारण देखाऊ आदेश जारी भइसकेको छ ।

    अदालतले प्रारम्भिक बहसका क्रममा ‘कति जना सांसदहरू पुनस्र्थापनाको पक्षमा छन् ? भन्ने प्रश्न पनि उठाएको थियो ।

    २७ भदौमा प्रतिनिधिसभा विघटन भएपछि एमाले पुनस्र्थापनाको पक्षमा सक्रिय भएको हो ।

    जेन्जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि २७ कात्तिकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।

    कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनमा मध्यावधि निर्वाचन तोकेको छ ।

    विघटित प्रतिनिधिसभामा एमालेका ७९ जना सांसद थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images