images
images
  • कार्यगत एकता गर्न विप्लव, जनार्दन र भुसालबीच सहमति, जारी गर्दै संयुक्त विज्ञप्ति

    काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र त्यागेका जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिक सहकार्य गर्ने भएका छन् ।

    शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा भएको भेटमा उनीहरूले मुलुकको वर्तमान राजनीतिक अन्योल अन्त्य गर्न सहकार्य गर्ने सहमति गरेका हुन् ।

    ‘हामी सहकार्यमा छौं,’ बैठकपछि भूसालले भने, ‘मुलुकको आवश्यकता अनुसार सहकार्यलाई विस्तार र घनिभूत गर्दै जानेछौं ।’

    उनले एकीकरण होइन, सहकार्यलाई प्राथमिकता दिने स्पष्ट गरे ।

    तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी हुने जनाइएको छ ।

    शर्मा र भुसाल दुवैले पार्टीभित्रको एकता प्रक्रियाबाट अलग भएर आ–आफ्ना अभियान सञ्चालन गर्दै आएका छन् ।

    विप्लवले शुक्रबारै भृकुटीमण्डपमा अन्तरिम सरकार गठनलगायत मागसहित र्‍याली र जनसभा आयोजना गर्दै ‘सच्चा कम्युनिष्टहरूबीच एकता आवश्यक’ रहेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images