काठमाडौं– नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल शुक्रबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न ललितपुरस्थित हरिसिद्धी पुगेका छन् ।
विप्लव निवासमा भएको भेटवार्तामा नेतात्रयबीच हाल पनि छलफल जारी रहेको बताइएको छ ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीचको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेका नेताहरूबीच नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावनाबारे पछिल्ला दिनमा छलफल तीव्र बनेको छ ।
पार्टी विभाजनअघि नै शर्मा, राम कार्की र भूसालले विप्लवलगायत नेताहरूसँग नयाँ ध्रुवीकरणको सम्भावनाबारे अनौपचारिक वार्ता अघि बढाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्























