काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले पार्टी नीतिविपरीत गतिविधि गरेको आरोपमा ६ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीका सम्मानित नेता माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिअनुसार हाल विभिन्न जिम्मेवारीमा रहेका ती नेताहरूले भदौ १२ देखि १५ गतेसम्म बसेको बैठकको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसँग एकता गर्ने भन्ने निर्णय उल्लंघन गर्दै पार्टीविरुद्धका गतिविधि सञ्चालन गरेका थिए ।
पार्टी विधानको धारा १२१(२) अनुसार निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
निष्कासनमा परेका नेताहरूमा धनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर भण्डारी, नन्दलाल बन्जाडे, धर्मराज तिम्सिना र किसान संगठनका कृष्णकुमार श्रेष्ठ रहेका छन् ।
पार्टीले उनीहरूलाई निष्कासनसँगै पार्टीको नाम र पद प्रयोग नगर्न र कुनै पनि गतिविधिमा संलग्न नहुने गरी निर्देशन दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी निर्णय उल्लंघन गरी गतिविधि गर्नेलाई पार्टी विधानको धारा १२१(२) बमोजिम पार्टी सदस्यता पनि नरहने गरी कारबाही गरिएको छ ।’
निष्कासनमा परेका नेता :
१. धनश्याम भुसाल
२. रामकुमारी झाँक्री
३. दामोदर भण्डारी
४. नन्दलाल बन्जाडे
५. धर्मराज तिम्सिना
६. कृष्णकुमार श्रेष्ठ (किसान)
























