images
images
  • नेप्से परिसूचक ११.२९ अंकले घटेर बन्द

    काठमाडौं– धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.२९ अंक घटेर बन्द भएको छ ।

    साताको अन्तिम कारोबार दिन बिहीबार (कात्तिक २१) नेप्से परिसूचक ०.४३ प्रतिशतले घटेर २,५९६.१२ विन्दुमा बन्द भएको हो ।

    कारोबार रकम बढेको छ ।

    पाँच अर्ब ४१ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    बुधबार चार अर्ब ६८ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

    आज ७७ कम्पनीको सेयरमूल्य बढेको छ ।

    १६५ कम्पनीको सेयरमूल्य घटेको छ ।

    नौ कम्पनीको सेयरमूल्य स्थिर छ ।

    यस दिन दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    माबिलुङ इनर्जीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

    सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ ।

    यो कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ ।

    बाँकी समूहको परिसूचक घटेको छ ।

    उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूहको परिसूचक ०.१९ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images