काठमाडौं– कृषि विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बोनस सेयर तथा नगद लाभांशबारे निर्णय गरेको हो ।
यसअनुसार राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गर्ने गरी ३.२५ प्रतिशत बोनस तथा लाभांश करसहित ९.७५ प्रतिशतत नगद वितरण हुनेछ ।
बैंकले कुल १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























