काठमाडौं– बिहीबार सुन–चाँदीको भाउ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको छ ।
अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो ।
अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँ रहेको चाँदी यस दिन ३०१० रुपैयाँ पुगेको छ ।
असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















