काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल काठमाडौंको भृकुटिमण्डपमा नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी भएका छन् ।
पहिले पार्टीले माओवादीसहितको एकतामा आपत्ति जनाएका खनाल नयाँ दल दर्ता गर्ने तयारीमा थिए ।
तर, अन्ततः प्रचण्ड–माधवसहितको एकतामा सहभागी भए ।
उनी यसअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट्न पुगेका थिए ।
योसँगै एकीकृत समाजवादीका नेताहरू तितरबितर भएका छन् ।
महासचिव घनश्याम भुसालले एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने भएका छन् भने नेत्री रामकुमारी झाँक्री एमालेमा फर्किने भएकी छन् ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्