images
images
  • प्रचण्ड–माधवले नेतृत्व त्यागे एकता गर्न झलनाथ, भीम रावल र घनश्याम तयार

    काठमाडौं– नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायत नौ दलबीच एकता घोषणा अघि प्रचण्डले पूर्व प्रधानमन्त्री झलनाथ खनाल र समाजवादी महासचिव घनश्याम भुसालसँग बिहान निवासमै करिब एक घण्टा छलफल गरेका छन् ।

    छलफलमा प्रचण्डले एउटै पार्टीमा सहयात्राको प्रस्ताव राखेका थिए ।

    जवाफमा खनालले राजनीतिक कार्यदिशा स्पष्ट भए मात्र सहकार्य सम्भव हुने बताए ।

    उनका अनुसार, ‘मार्क्सवाद–लेनिनवाद हाम्रो सैद्धान्तिक आधार हो । तर राजनीतिक कार्यदिशा के हो ? साम्राज्यवादसँग लड्ने कि दलाल पुँजीवादसँग ? त्यो प्रष्ट हुनुपर्छ,’ खनालले भने ।

    भुसालले पनि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको मार्गचित्र स्पष्ट भए मात्र सहकार्य गर्न सकिने अडान दोहोर्‍याएको खनालले जानकारी दिए ।

    एकता घोषणाअघि प्रचण्डले एमालेका पूर्व उपाध्यक्ष भीम रावलसँग समेत परामर्श गरेका छन् ।

    यसअघि खनालले एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेका थिए ।

    तर, उनीसँगको छलफल पश्चात् खनाल एमालेमा नफर्किने प्रष्ट पारिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images