काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच बुधबार बिहान भेटवार्ता भएको छ ।
खनालले आफ्नी जीवनसाथी रविलक्ष्मी चित्रकारको उपचारमा देखाएको सद्भावका लागि दाहालप्रति धन्यवाद दिएका थिए ।
खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार भेटमा वर्तमान राजनीतिक अवस्थामाथि पनि छलफल भएको थियो ।
माओवादी–एकीकृत समाजवादी एकतामा नजाने घोषणा गरिसकेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डु पुगेर भेटेका थिए ।
एमाले स्रोतका अनुसार सो वार्ता सकारात्मक रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्























