images
images
  • फुट्यो झलनाथ समूह, झाँक्रीले भनिन्– एकीकृत समाजवादी त्यागे

    काठमाडौं– एकीकृत समाजवादीकी संस्थापक नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको यात्रा टुंगिएको घोषणा गरेकी छन् ।

    आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले माधवकुमार नेपालको नेतृत्वमा रहेको पार्टी अब विघटनतर्फ गएको बताइन् ।

    माओवादी केन्द्रसँगको एकता निर्णयप्रति असहमति जनाउँदै झाँक्रीले भनिन्, “एकीकृत समाजवादी निर्माणका प्रारम्भमा हामीले ठूलो अभियानको कल्पना गरेका थियौं, तर त्यो सम्भावना अब समाप्त भएको छ । हाम्रो यात्रा त्यहीँ टुंगियो ।”

    उनले अवरुद्ध यात्राको उदाहरण दिँदै अहिलेको अवस्थालाई ‘थप मार्ग खोज्ने अवसर’का रूपमा व्याख्या गरिन् ।

    त्यसअघि बोलेका नेता किसान श्रेष्ठले आफूहरू बिना शर्त एमालेमा फर्किन लागेको जनाउँदै भने, “हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर स्वागत गरिदिए पुग्छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images